आफ्ना नागरिकले नेपाल प्रहरीमाथि हातपात गरेपछि चिनियाँ दूतावासले मुख खोल्यो

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार  ५ : २३


काठमाडौँ । शुक्रबार सिंहदरबारअगाडि आफ्ना नागरिकले नेपाल प्रहरीमाथि हातपात गरेपछि नेपालस्थित चिनियाँ दूतावासले आफ्नो आधिकारीक धारणा सार्वजनिक गरेको छ। 

एक विज्ञप्ति जारी गर्दै दूतावासले प्रहरीमाथि दुव्र्यवहार गर्ने आफ्ना नागरिकमाथि नेपालको कानुनको पालना गर्न आग्रह गरेको हो। शुक्रबार सिंहदरबारमा भएको झडप र ठूलो संख्यामा चिनियाँ नागरिकको गिरफ्तारिपछि चिनियाँ दूतावासले एक विज्ञप्ति जारी गर्दै आफ्नो धारणा सार्वजनिक गरेको हो। 

चिनियाँ नागरिकले नेपालको कानुन पालना गर्नुपर्ने पक्षमा आफ्नो सरकार पनि रहेको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। दूतावासले आफ्ना मागहरु राख्न कानुनी बाटो अपनाउन आग्रह गर्दै आफ्ना नागरिकका जायज मागबारे नेपाल सरकारले ध्यान दिने विश्वास लिएको जनाएको छ।


प्रतिक्रिया दिनुहोस्