प्रहरीमाथि हातपात गर्ने चार चिनियाँ नागरिकलाई मुद्दा चलाइने

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार  ४ : १३


काठमाडौँ । काठमाडौँ प्रहरीलाई हातपात गर्ने चार जना चिनियाँ नागरिकलाई मुद्दा चलाइने भएको छ। 

शुक्रबार सिंहदरबारको मूल गेट अगाडिको निषेधित क्षेत्रमा प्रदर्शन गरिरहेका उनीहरुलाई रोक्ने क्रममा प्रहरीमाथि हातपात गर्दा प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतसहित चारजना घाइते भएका थिए।

उनीहरुविरुद्ध आइतबार अभद्र व्यवहारको मुद्दा दायर गर्ने तयारी रहेको छ। शुक्रबार पक्राउ परेका ४७ जनामध्ये दुई जनालाई दरबारमार्ग र दुई जनालाई सिंहदरबार वृत्तमा राखिएको र बाँकी ४३ जनालाई भने छाडिएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्