नेपालमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार  २ : ४५


काठमाडौँ । नेपालमा थप ७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। 

आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ र कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणबाट थप ७ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ ।

मन्त्रालयका अनुसार उदयपुरको भुल्केमा ३, कपिलवस्तुमा ३ र पर्साको छपकैयामा एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

कोरोना पुष्टि हुनेमा उदपयपुरको भुल्केका १८, ४५ र ६५ वर्षीया महिलाहरु, कपिलवस्तुका १७ र १८ वर्षीय पुरुषहरु र पर्साको छपकैयामा ६२ वर्षीय पुरुष रहेका छन्।  

संक्रमित मध्ये ३१ जना उपचारपछि घर पर्किसकेका छन् भने अन्य संक्रमितको अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्