कस्तो छ यो साता तपाईको भाग्य ? वैशाख २७ देखि जेष्ठ २ गतेसम्मको साप्ताहिक राशिफल

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार  २ : २२


बैशाख २७ गते देखि जेष्ठ २ गतेसम्मको साप्ताहिक राशिफल

मेष :

कर्मचारी वर्गले गोपनियता तथा आर्थिक कारोबारमा सचेतता अपनाउनु पर्नेछ । आलोचना गर्नेहरू बढी नै हुने भए तापनि तपाईंका दृढताले पराजय सामना गर्नुपर्ने छैन ।

वृष :

मित्रहरूबाट नौलो किसिमका प्रस्तावहरू आउनेछन् । सकारात्मक रूपमा लिनुहोला ।

मिथुन :

इष्र्या गर्नेहरूपछि लागेको अवस्था छ भविष्यका लागि विशेष कार्यमा जग बसाउन सकिनेछ । बन्न लागेका कार्यहरू ओझेलमा पर्नेछन्।

कर्कट :

कुनै क्षेत्रबाट पनि आकस्मिक लाभ हुने छैन । पारिवारिक योजना कार्यान्वयन गर्न कठिनाइ हुनेछ । परिचित मित्रबाट समेत सहयोग नपाइएला ।

सिंह :

योजनाहरू आंशिक रूपमा कार्यान्वयन हुनेछ । मनको उत्साह भयमा परिणत हुन सक्नेछ । मानसिक दुर्बलता देखा पर्न सक्छ ।

कन्या :

प्रशंसाकहरूले आलोचना गर्न सक्छन् । कम बोल्दा आफू सुरक्षित भइनेछ । आफूले चालेका महत्वपूर्ण कार्यहरू ओझेलमा पर्नाले मनमा चोट पर्न सक्छ ।

तुला:

समाजसेवा तथा परोपकारी कार्य गर्दा धेरैको मन जित्न सकिनेछ । प्रतिष्ठा जोगाउन अरूका लागि समय धन तथा बुद्धि खर्चनु पर्नेछ ।

वृश्चिक :

परोपकारी भावनाले गरिएका सामाजिक प्रयासहरूले चौतर्फी प्रतिष्ठा बढाउनेछ । गणेश भगवानको आरधाना गर्न सके मन विचल्लित हुने छैन ।

धनु :

समयले साथ नदिँदा पछि परिनेछ । मेहनतले सफलता दिलाउन सक्छ । प्रतिकूल अवस्थामा पूर्वयोजना कार्यान्वयन नगर्दा नै उपयुक्त हुनेछ ।

मकर :

अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । विपन्न आर्थिक समुदायमाझ सहयोगी भूमिका निर्वाह गर्दा आफ्नो परिचय चर्चित बनाउन सकिनेछ ।

कुम्भ :

पुरुषार्थले अप्ठ्यारा समस्या सुल्झाउँदै प्रतिष्ठा दिलाउन सक्छ । प्रतिकूल परिस्थितिमा शुभचिन्तकहरू कमै हुनेछन् भने फाइदा उठाउनेहरू प्रशस्त भेटिनेछन् ।

मीन :

आर्थिक सन्तुलन गडबड हुँदा प्रशंसा गर्नेहरू भित्रभित्रै आलोचना गर्न थाल्नेछन् । बोलीको मघुरताले बिग्रिएका सम्बन्धलाई सहयोग गर्नेछ।

भिडियोमा हेर्नुहोस् साताको पूरा राशिफल


प्रतिक्रिया दिनुहोस्