शनिबार कस्तो छ तपाईको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार  १२ : ५५


मिति २०७७ साल वैशाख २७ गते, शनिबार, ईश्वी सन् २०२० मे ०९ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । वसन्त ऋतु । श्रीशाके १९४२ । जेष्ठ कृष्णपक्ष । तिथि-द्वितीया। 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बिद्या तथा प्रतिस्पर्धामा अरुभन्दा पछि परेको भान हुनेछ। धनमाल हराउन तथा लुटिन सक्छ सजक रहनुहोला । व्यापार व्यावसायमा मन्दि आउने तथा घाटा लाग्नेछ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) घरमै बसेर गरिने अध्ययनले पढाइ लेखाइमा थोरै समय दिएपनि उत्कृष्ट नतिजा हात पार्न सकिनेछ । स्वास्थ्य सवल रहने हुदा शरिरमा एक किसिमको जोस जागर आउनेछ । 

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) पुराना समस्याहरु बल्झन सक्छ ध्यान दिनुहोला । अध्ययन अध्यापनमा ध्यान नजादा अरुभन्दा पछि परिनेछ । मामा तथा मावली पक्षसँग बिवाद बढ्ने योग रहेको छ। 

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) पढाइ लेखाइमा सुधार भएर जानेछ भने नतिजा आफैतिर ल्याउँन सकिनेछ । परिवार तथा सन्तानबाट तपार्ईँले गरेको काममा सहयोग हुनेछ। 

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) कषि तथा पशुपालन व्यावसायमा लागनी बढाई मनग्गे लाभ लिन सकिनेछ । पढाइ लेखाइमा समय दिन नसकिने हुदा अरुभन्दा पछि परिनेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँने तथा कामहरु समयमा सकाउँन मुस्किल पर्नेछ। 

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) बिद्यार्थीहरुले पढ्न लेख्न मन नगर्दा पढाइ बिग्रने अधिक सम्भावना रहेकोछ । व्यापार व्यावसायमा सोचेजस्तो आम्दानी नहुँदा थप लगानी  गर्ने वातावरण गुम्नेछ। माया प्रेममा सामान्य मनमुटाव सिर्जना हुने योग रहेकोछ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) आफन्त तथा परिवारको साथ रहने हुदा उपलव्धी मुलक कामहरु समयमा नै सम्पन्न हुनेछन् । प्रेममा रमाउँन चाहनेहरुका लागी समयले साथ दिने हुनाले एक अर्कालाई विश्वास गर्दै जान सकिनेछ। 

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) पढाइ लेखाइमा मनजाने हुनाले चाहेजस्तो नतिजा ल्याउँन सकिनेछ। राजनीति तथा समाजसेवामा समय दिनेहरुले जनताको पक्षमा काम गर्न सक्दा मान सम्मान तथा इज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ। माया प्रेममा सामिप्यता बढेर जानेछ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) पढाइ लेखाइमा अल्छि गर्नाले अरुभन्दा निकै पछि परिनेछ । स्वास्थ्य बिग्रने हुँदा कामहरु प्रभावित हुनेछ सचेत रहनुहोला। काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला। 

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) माया प्रेममा सामिप्यता बडेर जानेछ भने परिवार तथा सन्तानको प्रगतिमा मन प्रशन्न हुनेछ । भौतिक सम्पती तथा सवारी साधन प्राप्तिको गतिलो सम्भावना रहेकोछ। 

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) सरकारी सेवामा झन्झटिला प्रक्रिया अवलम्वन गर्नुपर्दा मानशिक तनाव बढ्नेछ । राज्यबाट गलत आक्षेपहरु लाग्न सक्छ । बिद्या तथा प्रतिस्पर्धामा अरुभन्दा पछाडी परिनेछ। 

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) समाजमा जनताको काम गर्न सक्दा मान सम्मानमा बृद्धि भएर जानेछ । सरकारी स्तरमा तपार्ईँको प्रभाव बढ्ने हुनाले समयमा कामहरु बन्नेछन् । काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ।


प्रतिक्रिया दिनुहोस्