भीम रावलको प्रश्न, ‘भारतले सडक बनाउँदा सम्म सरकारलाई थाहा भएन?’

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  ५ : ०८


काठमाडौं । सत्तारुढ दल नेकपाका नेता तथा पूर्व गृहमन्त्री भीम रावलले भारतले नेपाली भूमीसम्म बाटो बनाएकोमा विरोध जनाएका छन्।

नेता रावलले नेपाली भूमि लिपुलेकसम्म बाटो बनाई यातायातका निमित्त खोलिएको घटनाबारे सरकारको धारणा माग गरेका छन्।

नेता रावलले एक ट्विट गर्दै अहिलेसम्म सरकारलाई कुनै जानकारी थिएन ? भन्दै प्रश्न पनि गरेका छन्।


प्रतिक्रिया दिनुहोस्