प्रहरीसँग झडप गर्ने चिनियाँ नागरिक छुटे

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  ३ : ०७


काठमाडौं । सिंहदरबार गेट अगाडि प्रहरीसँग झडप गर्ने ४७ जना चिनियाँ नागरिक साँझ रिहा भएका छन्।

उनीहरुलाई नेपालस्थित भिभो कम्पनीका प्रतिनिधिको जिम्मालगाएर रिहा गरिएको हो।

पक्राउ परेका मध्ये केही भिभो कम्पनीकै कर्मचारी रहेको बताइएको छ। 

आफ्नो देश फिर्ता जान पाउँनुपर्ने माग गर्दै उनीहरुले शुक्रबार दिउँसो सिंहदरबार गेट अगाडि प्रदर्शन गरेका थिए। त्यसक्रममा प्रहरीसँग झडप भएको थियो।


प्रतिक्रिया दिनुहोस्