वेभ सिरिजको निर्माणतर्फ अनुष्का शर्मा

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  ३ : १३


मुम्बई । लकडाउनको बेला पनि पैशा कमाउने इच्छा भएपछि बलिउडकी चर्चित नायिका अनुष्का शर्मा वेभ सिरिजको निर्माणतर्फ लागेकी छन् । उनले यसअघि फिल्म नै निर्माण गरेकी थिइन् । यसपटक अभिनेत्री अनुष्काले वेभ सिरिज ‘पाताल लोक’ निर्माण गरेकी छन् ।

उनले हालै मात्र यो रिलिजको ट्रेलर रिलिज गरेकी थिइन् । यो सिरिजको ट्रेलरलाई दर्शकले मन पराएका छन् । भारतमा कोरोना भाइरस (कोभिड -१९ ) को सँक्रमण ह्वात्तै बढेको छ । लकडाउनको बेला दर्शकका लागि यो सिरिजले पूर्ण मनोरञ्जन दिने विश्वास अभिनेत्री अनुष्काको छ । यो सिरिजलाई अब १५ मेमा रिलिज गरिने भएको छ ।

यसलाई अमाजोन प्राइम भिडियोबाट रिलिज गरिने भएको छ । जसमा जयदीप अहलावत, निरज कबी, अभिषेक बनर्जी, गुलपनागलगायतको मुख्य भूमिका छ । यो थ्रिलर क्राइम जनरामा निर्माण भएको छ । अमाजोन, नेटफ्लिक्सलगायत थुप्रै भारतीय डिजिटल प्लेटफर्मले राम्रो पैसा दिने भएपछि नायिकाहरुको ध्यान वेज सिरिज निर्माणतर्फ खिचिएको हो ।


प्रतिक्रिया दिनुहोस्