लकडाउनको ४६ औं दिन : उपत्यकामा पसल खुल्न थाले

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  ८ : १८


काठमाडौं । कोभिड-१९ संक्रमणको जोखिम कम गर्न सरकारले जारी गरेको लक डाउनको ४६ औं दिन पुगेको छ।

गत चैत ११ गतेबाट जारी गरिएको लक डाउनको ४६ औं दिनमा आइपुग्दा अत्यावश्यक सेवाका पसलहरु खुलेका छन्।

सरकारले पछिल्लो समय औषधि पसल, तरकारी पसल र खाद्यान्न पसलहरु खोल्ने निर्णय गरेपछि केही भिडभाड बढेको छ।

उपत्यकामा अत्यावश्यक र खाद्यान्न बोकेका सवारीसँगै नीजि पासबाहक सवारी पनि सञ्चालनमा आएका छन्।

मुख्य व्यापारिक मल तथा व्यापारिक क्षेत्रहरु अझै बन्द रहेपनि विभिन्न क्षेत्रमा रहेका तरकारी पसल, औषधि पसल र खाद्यान्नका पसलहरु खुलेका छन्। तरकारी तथा फलकुल किन्नेहरुको पसलमा भिड देखिन्छ।

सडकमा समेत विगतका दिनभन्दा केही बाक्लो सवारी साधन चलेका छन्।

सरकारले खाद्यान्न, उत्पादन र प्रशोधन, दुध तथा दुग्धजन्य पदार्थ, औषधि पसल, खानेपानी उत्पादन, पाउरोटी, विस्कुट र कन्फेक्सनरी र पशु औषधि र कीटनाशक औषधि लगायत सञ्चालन गर्ने पाउने निर्णय गरेको छ।

बालुवा प्रशोधन तथा क्रसर, सिमेन्ट, जस्तापाता, विद्युत उत्पादन, फोहोरमैला सङ्कलन तथा प्रशोधन, वर्कसप, छानाखाना तथा प्रेससम्बन्धि उद्योग लगायतका क्षेत्र सञ्चालन छन्।

शैक्षिक संस्था, तालिम तथा प्रशिक्षण केन्द्र, गैरखाद्यवस्तु विक्रि वितरण गर्ने व्यवसायिक मलहरु र होटल तथा रेष्टुरेन्टहरु सञ्चालन गर्न नपाइने निर्णय सरकारले गरेको छ।


प्रतिक्रिया दिनुहोस्