काठमाडौं। काठमाडौँको रविभवनमा आज बिहान भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ।
नेपाली सेनाका कर्णेल सिखर जबराले चलाएको बा २१ च ४३४६ नम्बरको कार र बा ७२ प ८१७२ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा मोटरसाइकल चालक मोरङ घर भएका २३ वर्षीय टीकाराज गेलालको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा नेपाल नेशनल अस्पताल कलंकीमा मृत्यु भएको हो।
कार चालक कलंकी बस्ने ३९ वर्षीय जबरालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सिसिटिभी फुटेजमा विपरित दिसाबाट आइरहेको मोटरसाइकल कारमा ठोक्किएको जस्तो देखिन्छ।
तलको भिडियो फुटेज हेर्नुहोस्