थकान मेट्न लाइनमा सुतिरहेका बेला रेलले किच्यो, नेपाली सहित १७ जनाको मृत्यु

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  ६ : ३२


काठमाडौं । भारतको महाराष्ट्र स्थित औंरगाबादमा रेलले किचेर १७ जनाको ज्यान गएको छ।

नेमहाराष्ट्रको औरंगाबाद नजिकैको रेल ट्र्याकमा सुतिरहेका बेला मजदुरहरुलाई मालवाहक रेलको किचेको हो।

सबै कामदारहरू मध्य प्रदेश जाँदै थिए। यो दुर्घटना औरंगाबादको करामाड स्टेशन नजिकै भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

कामदारहरू हिँडदा हिँडदै थाकेपछि रेलवे ट्रयाकमा सुतिरहेको बेला यस्तो घटना भएको हो। घाइतेहरुलाई अस्पतालमा भर्ना गरिएको छ। 

प्रहरीको डरले उनीहरु रेलवे स्टेसन पुग्न सडकमार्ग प्रयोग गरेका थिएनन्। उनीहरुले रेलवे लाइन भएर हिडिरहेका थिए। हिड्दाहिड्दै थाकेपछि उनीहरु गएराति रेलवे लाइनमा पल्टिएका थिए।

उनीहरु सुतिरहेकै वेला आज बिहान ५ः३० बजे मालबाहक रेल चलेको थियो। रेलको लाइनमै सुतिरहेका मजदुरमाथि रेल कुदेको भारतीय प्रहरीले जनाएको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीले पनि यस घटनाप्रति शोक व्यक्त गरेका छन्। 


प्रतिक्रिया दिनुहोस्