'जित्छौं एकदिन कोभिड भाइरस' म्यूजिक भिडियो सार्वजनिक

dainikonline
दैनिक अनलाइन | बैशाख २५, २०७७ बिहिबार | 0

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड १९) को महामारी फैलिरहँदा यसको प्रकोप, यसले मानिसको जीवनमा पारेको असर, प्रभाव, अकल्पनीय पीडाले साहित्यका विविध विधामा सिर्जनाहरु जन्मिरहेका छन्।

कोरोना भाइरसले मानिसहरु सबैलाई घरभित्र थुनेर उन्मत्त साँढेले सडक परिक्रमा गरेझैं विश्व परिक्रमा गरिरहेको छ। र, कोठाभित्र कैद मानिसहरु यो महामारीको पीडा, क्षति र त्यसबाट बच्ने आशावाद कोही गीत, कवितामा लेखिरहेछन् त कोही आख्यानमा।

यसै सेरोफेरोमा कवि एवं गीतकार गणेश शाहीले कोरोना भाइरसलाई जित्ने आशावादसहितको गीत बजारमा ल्याउनुभएको छ।

कोरोना भाइरस विरुद्ध सचेतना फैलाउने हामी जित्छौं एकदिन शीर्षकको गीत म्यूजिक भिडियोसहित बजारमा ल्याउनुभएको हो।

उक्त गीतको संगीत संगीतकार भीम कुमाखीले गर्नुभएको छ भने गायक धनु ज्ञांमी र गायिका सम्पदा राईको आवाज रहेको छ।

पिक स्टुडियोमा रेकर्डिंग गरिएको उक्त गीतको एरेन्ज धनु ज्ञांमीले गर्नुभएको छ भने रेकर्डिंग दिनेशलाल राजबाहक र क्यामेरामा निश्चल प्रेम राई हुनुहुन्छ।

डिएनपी म्यूजिक युट्युव च्यानलबाट बिहीबार सार्वजनिक गरिएको उक्त म्यूजिक भिडियोको सम्पादन भीम कुमाखीले नै गर्नुभएको छ।

सत्तारुढ नेकपा निकट युवा संघमा आबद्ध गीतकार गणेश शाही प्रतीकको यसअघि संघर्षका डोबहरु कविता संग्रह पनि प्रकाशित भइसकेको छ।

हेर्नुहोस् म्यूजिक भिडियो -

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

लोकप्रिय