काठमाडौं । अब संस्कृत बिषय कक्षा १ देखिनै पढाई हुने भएको छ।
पाठ्यक्रम विकास केन्द्रले कक्षा एकमा पढाउन बनाइएको संस्कृत शिक्षा विषयको पाठ्यक्रम शिक्षा मन्त्रालयले स्वीकृत गरेको छ।
यो सँगै अब देशमा कक्षा १ देखीनै सँस्कृतको पढाई हुने भएको हो।
सँस्कृत विषयको नाम अस्माकम संस्कृत (हाम्रो संस्कृत) राखिएको छ।
पाठ्यक्रम विकास केन्द्रले संस्कृत बिषय पठनपाठनका लागि नमूना किताबसमेत तयार पारिसकेको जनाएको छ।
यसअघि कक्षा ४ बाट संस्कृतको पढाई हुने गरेको थियो।
तत्कालीन माओवादीले संस्कृत विषयलाई परम्परागतवादी भाषा भएको किताब जलाउन थालेपछि सरकारले उक्त बिषय पाठ्यक्रमबाट हटाएको थियो।
तत्कालिन माओवादीका नेता समेत रहेका शिक्षा मन्त्री गिरिराजमणी पोखरेल नेतृत्वको सरकारले नै संस्कृतलाई पढाउँन स्वीकृती दिएको हो।