सीमा र हवाई उडान जेठ १८ सम्म बन्द रहने

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  ९ : ०३


काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय उडान र सीमानाका जेठ १८ सम्म बन्द गर्ने निर्णय गरेको छ।

बुधबार बालुवाटारमा बसेको मन्त्रिपरिपद् बैठकले सीमा र हवाई क्षेत्रबाट जोखिम कायमै रहेको भन्दै जेठ १८  गते सम्मका लागि बन्द गर्ने निर्णय गरेको हो।

सरकारले यसअघिको बैैठकबाट जेठ २ गते सम्मका लागि हवाई उडान र सीमा बन्द गर्ने निर्णय गरेको  थियो।

बैठकले देशभर जारी लकडाउनको अवधी जेठ ५ गते सम्मका बढाएको छ।

यस्तै, सरकारले भोली बैखाश २५ गते बुद्ध जयन्तीका अवसरमा साँझ दिप प्रज्ज्वलन गर्न पनि नागरिकहरुलाई आग्रह गरेको छ ।

 


प्रतिक्रिया दिनुहोस्