पानी जहाज कार्यालयले डेढ करोडको एसयूभी गाडी किन्दै

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  ८ : ५३


काठमाडौं । सरकारले लकडाउनका बीच झण्डै डेढ करोड मूल्यको एसयूभी गाडी खरिद गर्ने भएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको पानीजहाज कार्यालय ललितपुर एकान्तकुनाले गाडी खरिद गर्न लागेको हो।

उक्त कार्यालयले १ करोड ४३ लाख ९८ हजार रुपैयाँको गाडी किन्नलागेको जनाएको छ।

खरिद गर्न कम्पनीहरुले बोलपत्र हालेकामा सिप्रदी ट्रेडिङ प्रालि (नयाँ नैकाप) छनोट भएको छ।


प्रतिक्रिया दिनुहोस्