काठमाडौँ । लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको सरकारले २६ गतेदेखी देशभरका उद्योग कलकारखाना खोल्न दिने निर्णय गरेको छ । बालुवाटारमा बसेको मन्त्रीपरिषद् बैठकले उच्च सतर्कता अपनाएर उद्योग कलकारखाना खोल्न दिने निर्णय गरेको हो ।
अर्थतन्त्रलाई चलायमान बनाउन उद्योग कलकारखाना भने सतकर्तापूर्वक खोल्न दिने निर्णय गरेको बताइएकाे छ । त्यसका लागि सम्वन्धित मन्त्रालयले निर्देशिका जारी गर्नेछ । मापदण्ड पु-याएर कलकारखाना संचालन गर्ने दिने मन्त्रीपरिषद्ले निर्णय गरेको हाे ।