सडकमा गुड्दा गुड्दै मोटरसाइकलमाथि पहिरो खस्यो, चालकको मृत्यु

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  ५ : ०८


काठमाडौँबाट इपातर्फ जानेक्रममा कोगटेखोला नजिकै आइपुग्दा गए राति बा४४प ६०८५ नंको मोटरसाइकललाई कोगटेखोलामा आएको पहिरोले पुरेको इलाका प्रहरी कार्यालयले जनाएको छ । 
 
पहिरोमा पुरिएर उक्त मोटरसाइकल चालक भीमफेदी गाउँपालिका-८ देउराली बस्ने २३ वर्षीय कृष्ण खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

मृतक खनालको शव परीक्षणका लागि प्रहरीले हेटौँडातर्फ ल्याउँदै गरेको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्