कोरोना संक्रमित ६ जना बिहानै घर फर्किए

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  ४ : १६


विराटनगर । कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचार गराइरहेका कोरानाका १३ बिरामीमध्ये निको भएका ६ जनालाई बुधबार (आज) बिहानै डिस्चार्ज गरिएको छ। 

अन्तिम नमुना परीक्षणको नजिता पनि नेगेटिभ आएपछि उनीहरूलाई आज बिहान डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ। बाँकी ७ जनाको भने उपचार जारी छ।

६ जना कोरोना संक्रमित बिरामीहरुलाई डिस्चार्ज गर्नेबारे मंगलबारै पत्रकार सम्मेलन गरी सामाजिक विकासमन्त्री जीवन घिमिरेले जानकारी दिनुभएको थियो।
 


प्रतिक्रिया दिनुहोस्