काठमाडौँ । कोरोना भाइरसको महामारी आफै समाप्त हुने लक्षण देखिएको छ। मानवमा भाइरस संक्रमण कमजोर हुँदै भएको भन्दै वैज्ञानिकले कोरोना भाइरसको संक्रमण आफै समाप्त हुन सक्ने आँकलन गरेका हुन्।
अमेरिकी वैज्ञानिकहरुले पहिलो पटक सार्समा विशेष किसिमको म्युटेशन भेटेका छन्। यो म्युटेशन अमेरिकाको एरिजोनामा एक कोरोनाभाइरस संक्रमित बिरामीको नमुना परीक्षणमा पाइएको छ। त्यो नमूना परीक्षणमा भाइरसको जेनेटिक म्याटेरियलको एउटा हिस्सा गायब भएको देखियो।
भाइरसको जेनेटिक म्याटेरियल हराएको यस्तो घटना २००३ मा सार्स महामारी फैलिएपछि पनि देखिएको थियो। त्यसपछि विस्तारै सार्स महामारी समाप्त हुन हुँदै गएको थियो। डेलिमेलको रिर्पोट अनुसार अहिले कोरोना भाइरसका संक्रमितको नमुना परीक्षणमा पनि जेनेटिक म्याटेरियलको एउटा हिस्सा गायब हुनुले वैज्ञानिकमा ठूलो आशा पलाएको छ। यसैका आधारमा वैज्ञानिकले कोरोना महामारी समाप्त हुनसक्ने अपेक्षा गरेका हुन्।
वैज्ञानिकहरुले भाइरसमा जुन परिवर्तन देखेका छन् यसबाट मानवमा भाइरस संक्रमण कमजोर हुँदै गएको संकेत देखिएको छ। यद्यपि यसका लागि अन्य स्थानको नमूनामा पनि यस्तै किसिमको परिवर्तन देखिनु आवश्यक हुन्छ।