नेपालमा लकडाउन लम्ब्याउने तयारी, मन्त्रिपरिषद् बैठक बस्दै

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  २ : १४


सरकारले कोरोनाभाइरसको रोकथामका लागि झण्डै डेढ महिनादेखि जारी राखेको लकडाउन पुनः थप गर्ने तयारी गरेको छ। आज (बुधबार) बस्ने मन्त्रिपरिषद् बैठकले लकडाउन थपबारे निर्णय गर्नेछ।

मन्त्रिपरिषद् बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ। कोरोना भाइरसको जोखिम अहिले पनि उच्च रहेको भन्दै सरकारले एक साताभन्दा बढी लकडाउन लम्ब्याउने तयारी गरेको हो। 

कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समन्वय समितिको मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले लकडाउन अवधि अझै थप्न सिफारिस गरेको थियो। 

समितिको बैठकले तत्काल नै लकडाउन खोल्न नसकिने सुझाव सरकारलाई दिएको छ। 


प्रतिक्रिया दिनुहोस्