कोरोना महामारीसँगै भारतमा अफ्रिकी फ्लूको संक्रमण फैलियो

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  १ : ५८


काठमाडौँ  । कोरोना महामारीका बीच भारतमा अफ्रिकी फ्लूको पनि संक्रमण देखिएको छ। भारतको असममा अफ्रिकी स्वाइन फ्लूका कारण अहिलेसम्म साढे दुई हजार बढी सुँगुरको मृत्यु भइसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

समाचारका अनुसार असमको सातवटा जिल्लामा सोमबारसम्म करिब ३०६ गाउँमा २५ सयभन बढी सुँगुरको मृत्यु भएको छ।

एकातर्फ राज्य सरकारको पूरा प्रशासन कोरोनाभाइरस महामारी नियन्त्रणमा लागेको छ भने अर्कोतर्फ प्रदेशमा अफ्रिकी स्वाइन फ्लू देखिएपछि सरकारको तनाब बढेको छ । 

राज्य सरकारका अनुुसार प्रदेश सरकारमा पहिलो पटक अफ्रिकी स्वाइन फ्लू देखिएको हो। यो एक घातक रोग हो जुन हाल घर पालुवा सुँगुँमा मात्रै देखिएको छ। यो फ्लूबाट संक्रमित सुँगुरको शत प्रतिशत मृत्यु हुन्छ।


प्रतिक्रिया दिनुहोस्