निको भएर घर फर्किएका काठमाडौँका एक पुरुषमा पनि फेरि कोरोना संक्रमण देखियो

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  ३ : ५९


काठमाडौँ। निको भएर घर फर्किएका काठमाडौँका एक पुरुषमा फेरि कोरोना भाइरस संक्रमण देखिएको छ।

पेप्सिकोलास्थित सिनसिटी अपार्टमेन्टमा रहेका ५२ वर्षीय पुरुषमा फेरि कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

चैत ५ मा बेलायतबाट स्वदेश फर्किएर सनसिटीमा बस्दै आएका उनीसहित उनकी ८१ वर्षीया आमामा पनि वैशाख १ मा कोरोना संक्रमण पुष्टि भएको थियो। पाटन अस्पतालमा उपचार गरेपछि निको भएका आमाछोरा ११ वैशाखमा डिस्चार्ज भएका थिए।

तर एक सातापछि पुनः परीक्षणका लागि अस्पताल आएका ५२ वर्षीय पुरुषमा कोरोना रिपोर्ट पोजेटिभ देखिएको हो। त्यस्तै यसअघि निको भएर घर फर्किएका रौतहटका एक युवक र भारतीय जमातीमा पनि पुनः कोरोना संक्रमण देखिएको थियो। 


प्रतिक्रिया दिनुहोस्