नेपालमा निको भएका दुई जनामा फेरि कोरोना संक्रमण देखियो

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  ३ : ४२


काठमाडौँ । निको भएर घर फर्किएका दुई जनामा फेरि कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।

रौतहटका एक युवक र भारतीय जमातीमा पुनः कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

वीरगञ्जको छपकैयास्थित मस्जिदमा बस्दै आएका तीन जना जमातीमा चैत ३० मा र भारतबाट आएका रौतहटका युवकमा वैशाख १ मा संक्रमण पुष्टि भएको थियो।

नारायणी अस्पतालमा उपचार गराएका दुबैको १४ गते डिस्चार्ज गरिएको थियो। तर फेरि स्वास्थ्यमा समस्या देखिएपछि दुबै जनालाई वैशाख २१ गते अस्पताल भर्ना गरिएको थियो।  दुबैको कोराना परीक्षण रिपोर्ट पोजेटिभ आएको हो।


प्रतिक्रिया दिनुहोस्