कस्तो हुन्छ कन्या राशि हुने व्यक्तिको स्वभाव ?

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  २ : २०


एजेन्सी । ज्योतिषशास्त्रका अनुसार जुन व्यक्तिको नामको पहिलो अक्षर टो, पा, पी, पू, ष, ण, ठ, पे, पो है, वे हुन्छ भने ती व्यक्तिको राशी कन्या हो। यस राशिको चिन्ह हातमा फूल लिएकी कन्या हो। यसको स्वामी बुध हो। आउनुहोस् जानौँ ज्योतिषशास्त्रका अनुसार कन्या राशि हुने व्यक्तिको स्वभाव कस्तो हुन्छ ? 

१) कन्या राशि हुने व्यक्ति निकै महत्वकांक्षी, भावुक हुने गर्दछन्। र यी राशिका व्यक्तिले दिमाग भन्दा दिलबाट धेरै काम गर्ने गर्दछन्। 

२) यस राशिका व्यक्ति संकोच मान्ने तथा लजालु स्वभावका हुने गर्दछन्। घर, जमिन र सेवाको क्षेत्रमा यी राशिका व्यक्तिले काम गर्ने गर्दछन्। 

३) यी राशिका व्यक्तिलाई कफ, पाचनतन्त्र र आन्द्रा सम्बन्धी रोग हुने गर्दछ। त्यसैले खानपानको विषेश ध्यान राख्नुपर्ने हुन्छ। 

४) कन्या राशिका धेरै जसो व्यक्ति बाल्यकाल र युवावस्था भन्दा वृद्धा अवस्थामा धेरै खुसी हुने गर्दछन्। 

५) यस राशिका पुरुष कलालाई प्रेम गर्ने हुन्छन्। यिनीहरु आफ्नो योग्यताबाट उच्च पदमा पुग्ने गर्दछन्।  

६) यी राशिका व्यक्ति सोच विचार गरेर, धैर्य, चतुरताका साथ अघि बढ्ने गर्दछन्। बुध ग्रह यिनीहरुको जीवनमा स्पष्ट झल्निके गर्दछ। 

७) यस राशिका व्यक्तिमा भाषण र कुराकानी गर्ने राम्रो कला हुने गर्दछ। 


प्रतिक्रिया दिनुहोस्