नेपालमा लकडाउन थप्न उच्चस्तरीय समितिको सिफारिस

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  १ : ३०


काठमाडौँ । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउनको समयावधी थप गर्न सिफारिस गरेको छ। 

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले जारी लकडाउनलाई यथावत राख्न सुझाव दिएको प्रधानमन्त्री सचिवालय स्रोतले जनाएको छ। 

प्रधानमन्त्री केपी शर्मा ओलीसहित बसेको बैठकले अत्यावश्यक सेवा संचालन गर्ने गरी लकडाउन थप्नु पन्ने सुझाव दिएको हो।

संक्रमणको जोखिम अझै नसकिएको र नियन्त्रणका लागि सरकारले लिएको लकडाउनको नीति ठीक भएको निष्कर्ष बैठकले निकालेको हो। लकडाउनको समयावधी थप गर्ने निर्णय भने मन्त्रिपरिषद्‍ बैठकले टुंगो लगाउने छ। 


प्रतिक्रिया दिनुहोस्