विप्लव नेकपाका केन्द्रीय नेता अस्पतालबाट पक्राउ

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  ८ : ५७


चितवन । नेकपा विप्लव समूहका पोलिट्ब्यूरो सदस्य अनिल शर्मा विरहीलाई प्रहरीले अस्पतालबाटै पक्राउ गरेको छ। 

विप्लव नेतृत्वको नेकपाका प्रकाशन विभाग प्रमुख शर्मालाई प्रहरीले चितवन रत्ननगरको पुरानो मेडिकल कलेजबाट नियन्त्रणमा लिएको हो।

चितवनको रत्ननगर वडा नं ५ घर भएका नेता शर्मा भर्‍याङबाट लडेपछि परिवारका सदस्यहरुले पुरानो मेडिकल कलेज पुर्‍‍याएका थिए। उहाँ अस्पतालमा पुगेको सूचना पाएपछि प्रहरी अस्पतालमै पुगेको थियो।

अस्पतालको आकस्मिक कक्षमा उपचाररत शर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले नियन्त्रणमा लिए पनि अस्पतालमै राखिएको छ। 


प्रतिक्रिया दिनुहोस्