दाङमा पूर्वसभामुख महरा र मेयर केसीबीच भेटघाट

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  ७ : ३७


शिवु खनाल 
दाङ । पूर्वसभामुख कृष्णबहादुर महरा र लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीबीच दाङको लमहीमा भेटघाट भएको छ । रोल्पाबाट घोराही जाने क्रममा मंगलवार लमहीमा उहाँहरूबीच भेटघाट भएको हो । 

भेटघाटमा पूर्वसभामुख महराले लमहीको क्वारेन्टाइन, लमही अस्पताल र स्वास्थ्य संस्थामा स्वास्थ्य सामग्रीको अवस्थाबारे नगर प्रमुख कुलबहादुर केसीसँग बुझ्नु भएको थियोे । 

स्वास्थ्य सामग्रीको अभाव भएमा तत्कालै सम्बोधन गर्ने अनुरोध गर्दै पूर्वसभामुख महराले केही थान मास्क नगर प्रमुख केसीलाई हस्तान्तरण गर्नुभयो । 

भेटघाटमा लमही नगरपालिका उपप्रमुख देवका बेल्वासे, वडा सदस्य कृष्ण घिमिरे, नगर प्रमुखका स्वकीय सचिव नारायण भुसाल लगायतको उपस्थिति रहेको थियोे ।
 


प्रतिक्रिया दिनुहोस्