क्वारेन्टाइन लैजाँदै गर्दा बाटोमै मृत्यु भएका पुरुषको कोरोना रिपोर्ट आयो

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  ५ : २२


बैतडी । क्वारेन्टाइनमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएका बैतडीका एक व्यक्तिको कोरोना रिर्पोट आएको छ। 

बैतडीको पुर्चौडीका ६७ वर्षीय जुने लुहारको कोरोना रिपोर्ट नेगेटिभ आएको हो। उनको शनिबार पुर्चौडी नगरपालिका–६ को क्वारेन्टाइनमा लैजाँदै गर्दा खडायत गाउँ नजिकैको बाटोमा मृत्यु भएको थियो।

स्वाब सङ्कलन गरी परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएकोमा रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो। 

भारतीय सीमानाका झुलाघाटबाट उद्धार गरेर ल्याइएका जुनेको शनिबार मृत्यु भएको थियो। लुहार यही वैशाख १८ गते भारतको पिथौरागढबाट झुलाघाट नाका हुँदै नेपाल आएका थिए।

एक महिनाअघि उपचारका लागि भारतको पिथौरागढ पुगेका लुहार लकडाउनका कारण पिथौरागढमै बसेका थिए।


प्रतिक्रिया दिनुहोस्