उदयपुर । उदयपुरमा पहिलो पटक कोरोना भाइरस (कोभिड–१९) संक्रमित भएकामध्ये १३ जनाको पहिलो र दोस्रो चरणको ‘पिसिआर रिपोर्ट’ नेगेटिभ आएको छ । गत वैशाख ५ गते पहिलोपटक संक्रमित पुष्टि भएर कोरोना अस्पताल विराटनगरको आइसोलेसनमा उपचार गराइरहेकाहरुमा कोरोना नेगेटिभ देखिएको हो ।
त्रियुगा नगरपालिका -३ भुल्कस्थिते नुरी मस्जिदका कोरोना संक्रमितको १४ दिनपछि गरिएको परीक्षणपछि रिपोर्ट नेगेटिभ आएको हो । शुक्रबार र सोमबारको रिपोर्टमा सुरुका १३ जनामा कोरोना नेगेटिभ देखिएको बताइएकाे छ । मस्जिदमा रहेका १२ भारतीयसहित १६ मध्ये पहिलो पटक १३ जनामा संक्रमण देखिएको थियो ।