क्वारेन्टाइनमा टिकटकः नाच्दै रमाइलाे गर्दै

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  ५ : ३०


काठमाडाैं । भारतमा रेड जोनभित्र वर्गीकृत गरिएको भद्रक जिल्लाको तिहिडीमा बनाइएको क्वारेन्टाइन सेन्टरमा बस्ने सात व्यक्तिविरुद्ध स्थनीय सरपञ्च स्वर्णमय जेनाले ऊजुरी दर्ता गरेको छ । यी मानिसहरुले सामाजिक दुरीको नियम पालना नगरी टिकटक भिडियो बनाएका थिए ।

यो भिडियो सोसल मिडियामा भाइरल भइरहेको छ र स्थानीय समाचार च्यानलमा पनि यसको चर्चा भइरहेको छ । भिडियोमा यी सात व्यक्तिहरुलाई नाचिरहेको र रमाइलो गरिरहेको देख्न सकिन्छ । स्थानीय थानाका अधिकारी रमेश सिंहले एफआरआईपछि घटनाबारे अनुसन्धान थालिएको जानकारी दिए ।

बीबीसी हिंदी


प्रतिक्रिया दिनुहोस्