तीन दिनको मौसम पूर्वानुमान: आज चट्याङ, हावाहरी र असिनासहित पानी पर्ने

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  ४ : २१


काठमाडौं । जल तथा मौसम विज्ञान विभागले पश्चिमी वायुको प्रभावले मुलुकमा केही दिनदेखि अप्रत्यासित रुपमा वर्षा भइरहेको जनाएकाे छ । विभागका अनुसार देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ ।

मौसममा स्थानीय वायु तथा पूर्वी भू(भाग नजिक बनेको न्यून चापीय क्षेत्रको प्रभाव परेको छ । बंगालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको समेत विभागले जनाएको छ। विभागले मुलुकमा केहीदिन यस्तै खालको वर्षा भइरहने जनाएको छ ।

तीन दिनको मौसम

वैशाख २३ गते (मंगलबारं: देशको पश्चिमी भू(भागमा पूर्ण बदली र अन्य ठाउँमा सामान्य बादल रहनेछ। ्पूर्वका केही स्थानमा मेघगर्जन, चट्याङ, र हावाहुरीसहित वर्षा हुने सम्भावना छ। सम्भावना रहेको छ।

वैशाख २४ गते (बुधबार): दिउँसोः देशभर बिहान आंशिक बादल लाग्नेछ । दिउँसोदेखि साँझसम्म पहाडी, पूर्वी र मध्य तराईका केही ठाउँमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित पानी पर्ने सम्भावना छ।

वैशाख २५ गते (बिहीबार): दिउँसोः बिहीबार पनि देशभर बिहान आंशिक बादल लाग्नेछ । दिउँसोदेखि साँझसम्म पहाडी, पूर्वी र मध्य तराईका केही ठाउँमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित पानी पर्ने सम्भावना छ।


प्रतिक्रिया दिनुहोस्