विदेशमा अलपत्र परेका नागरिकलाई भारतले फिर्ता ल्याउने

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  ५ : ४९


नयाँ दिल्ली । भारतले विदेशमा अलपत्र रहेका आफ्ना नागरिकलाई स्वदेश फिर्ता हुन अनुमति दिएको छ। 

लकडाउनका कारण विदेशमै अलपत्र परेकाहरु अब विमान र नौसेनाद्वारा फिर्ता ल्याइने भएका छन्।

परराष्ट्र मन्त्रालय र उच्च आयोगले विदेशमा अलपत्र परेका व्यक्तिहरूको सूची तयार गर्ने छ।

आउन चाहने यात्रुहरूले टिकट भाडा भने आफै तिर्नु पर्नेछ।

उडान अघि यात्रुहरूको मेडिकल जाँच गरिने छ। कोरोनाका लक्षण नभएकालाई यात्रा गर्न अनुमति दिइनेछ।

गन्तव्यमा पुगे पछि सबै यात्रुहरूको मेडिकल जाँच गरिने छ र १४ दिनसम्म क्वारेन्टाइनमा रहनु पर्नेछ।

१४ दिन पछि फेरि उनीहरुको परिक्षण हुने छ। त्यसपछि मात्र घर पठाइनेछ।

उक्त प्रक्रिया मे ७ बाट लागू हुने भारतीय सञ्चार माध्यमले जनाएका छन्।


प्रतिक्रिया दिनुहोस्