प्रवक्ता श्रेष्ठले दिए निष्कर्षबाट विचलित भए पार्टीमा पुनः संकट आउने चेतावनी

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  ४ : ५४


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले अस्तिको सचिवालय बैठकको निष्कर्षबाट विचलित भएमा त्यसले पार्टीमा पुनः संकट ल्याउने चेतावनी दिनुभएको छ । प्रवक्ता श्रेष्ठले ट्वीट गर्दै यस्तो चेतावनी दिनुभएको हो ।

नेता श्रेष्ठले ट्वीटमा भन्नुभएको छ, ‘अस्तिको सचिवालयको निष्कर्षबाट विचलनले पार्टीमा पुनःसङ्कट ल्याउनेछ ।’ उहाँले थप्नुभएको छ, ‘अतः अन्यथा हुनै सक्दैन, गर्नै मिल्दैन ।’

प्रवक्ता श्रेष्ठले भन्नुभएको छ, ‘पार्टी एकताको रक्षा, विधि÷पद्धतिको पालना, पार्टीद्वारा सरकार सञ्चालन, सरकारबाट समाजवादउन्मुख समृद्धिको काम र त्यसको लागि आत्मालोचनासहित नयाँ शिराबाट काम गर्ने सँकल्प– यो हो निष्कर्ष ।’


प्रतिक्रिया दिनुहोस्