कश्मीरमा लगातार आक्रमण, सीआरपीएफका ३ जवान मारिए

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  ४ : ०२


श्रीनगर । भारत प्रशासित काश्मिरको हन्डवारा जिल्लामा सोमबार फेरि अर्को अतिवादी आक्रमण भएको छ।

अतिवादी समुहको आक्रमणमा परेर भारतीय अर्धसैनिक बल केन्द्रीय रिजर्भ पुलिस बल (सीआरपीएफ)का तीन जवानको मृत्यु भएको छ

यस बाहेक अन्य ७ जना घाइते भएका छन्।

समाचार एजेन्सी एएनआईका अनुसार उक्त चरमपन्थी हमला काजियाबाद क्षेत्रमा रहेको सीआरपीएफ पेट्रोल पार्टीमा भएको हो।

उक्त आक्रमणमा एकजना अतिवादीको मृत्यु भएको खबर छ।

आइतबार पनि हन्डवारामा भएको एउटा चरमपन्थी हमलामा ५ सैनिक जवान मारिएका थिए।

उक्त मुठभेडमा दुई सेना र जम्मू(काश्मीर पुलिसका दुई सेनाका अधिकारीहरू मारिएका थिए।
 


प्रतिक्रिया दिनुहोस्