चीनले सबैभन्दा पहिला कोरोनाको खोप तयार पारेर अमेरिकालाई पछाडि पार्न सक्छ!

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  ३ : २१


काठमाडौं । विश्वका धेरै देशहरू अहिले कोरोना भाइरस विरुद्धको खोप तयार पार्ने दौडमा सामेल भएका छन्।

हालसम्म कुनै देशले खोपमा सफलता पाउन सकेका छैनन।

अमेरिकी अधिकारीहरू भने चीनले सबैभन्दा पहिला खोप तयार पो होकी भन्ने तनावमा छन्।

यदि चीनले कोरोना भाइरसको खोप सबैभन्दा पहिला तयार गर्यो भने उसले आर्थिक लाभ र कूटनीतिक फाइदा उठाउन सक्छ।

चीनले खोपमा सफलता पार्न सके विश्वमा महाशक्तिशाली राष्ट्रको ताज पहिरेको अमेरिकाको कद विश्वसामु स्वतः घट्ने छ र चीन हावी हुने छ।

विश्वका धेरै देशहरूले एक अर्कासँग जानकारी बाँडेर कोरोना खोपका लागि काम गरिरहे पनि अमेरिका र चीन गोप्य रुपमा भित्रभित्रे धेरै तयारी गरिरहेका छन्।

पोलिटिकोको रिपोर्टका अनुसार अमेरिकी राष्ट्रिय सुरक्षासँग सम्बद्ध एक अधिकारीले भनेका छन्,''उनीहरू (चिनियाँ)लाई थाहा छ, जसले प्रभावकारी खोप उत्पादन गर्छ अबको विश्वमा त्यही देशले शासन गर्नेछ।''

पेन्टागन र सीआईएका पूर्व अधिकारी म्याट क्रोनीगले भने, ''प्रायः चीनले बताउने गरेको कुरामा अन्य केही चासोहरू लुकाइएका हुन्छन्। त्यसकारण उनीहरू खोप पहिला तयार पारेर अमेरिकालाई पछाडि धकेल्न प्रयोग गर्न सक्दछन्।''

चीनले अप्रिल महिनामा कोरोना भाइरसको खोपको प्रारम्भिक परीक्षणको नतिजा राम्रो भएको बताएको थियो।

विश्वभर फैलिएको कोरोना भाइरस चीनको वुहानबाटने फैलिएको हो।

सबैभन्दा पहिला यो भाइरसलाई नियन्त्रणमा लिएको पनि यहि देशले हो। त्यसैले चीनले कोरोनाको खोप पहिला तयार पार्न सक्ने कुरा अनुमान गर्न सकिन्छ।

भाइरसको स्रोत र विश्वभर रोग फैलाएको भनेर चीनमाथि अहिले चौतर्फी प्रश्न र दबाब छ। यदि चीनले भाइरस विरुद्धको खोप तयार पारेर अन्य देशहरुलाई प्रदान गर्न सक्यो भने विश्वमा उसको छवि पनि राम्रो बन्ने छ।


प्रतिक्रिया दिनुहोस्