मध्यरातिदेखि कर्णाली प्रदेशका सबै नाका सिल

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  २ : ३४


काठमाडौँ । कर्णाली प्रदेश सरकारले सोमबार राति अर्थात मध्यराति १२ बजेदेखि प्रदेशमा प्रवेश गर्ने सबै नाका पूर्ण रुपमा सिल गर्ने निर्णय गरेको छ।

प्रदेशको विपद व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले एक हप्तासम्म सवारी तथा पैदलमार्ग पूर्ण रुपमा बन्द गरी लकडाउन मजवुत बनाउने निर्णय गरेको हो।

कर्णालीसँग सीमा जोडिएको प्रदेश ५ को नेपालगञ्ज क्षेत्रमा कोरोना संक्रमितको संख्या बढेपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै सीमा नाका सिल गर्ने निर्णय गरेको हो। 


प्रतिक्रिया दिनुहोस्