अनलाइन कक्षाका नाममा शुल्क नलिन मन्त्रालयको निर्देशन

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  २ : २७


काठमाडौं । शिक्षा मन्त्रालयले अनलाइन कक्षाका नाममा कुनै शुल्न नलिन आग्रह गरेको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै विद्यालयहरुलाई कुनै पनि कक्षा, तह र अनलाइन कक्षाका नाममा भर्ना नलिन र शुल्क नलिन आग्रह गरेको छ।

सरकारले अर्को निर्णय नगरेसम्म कुनै पनि विद्यालयले कुनै पनि कक्षा वा तहमा नयाँ भर्ना लिन र अनलाइन पठनपाठनका नाममा शुल्क नलिन नपाइने निर्णय गरेको हो।

सहसचिव दीपक सुवेदीले जारी गरेको सूचनामा ती परीक्षा सञ्चालन गर्ने विषयमा सुक्ष्म अध्ययन र परामर्श लिने काम भइरहेको उल्लेख गरिएको छ।


प्रतिक्रिया दिनुहोस्