नेशनल लाइफको प्रिमियम अब इसेवा र फोन पेबाट तिर्न मिल्ने

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  १ : ४७


काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको प्रिमियम अब इसेवा र फोन पे मार्फत तिर्न सकिने भएको छ । अहिले इसेवा र फोन पे मार्फत प्रिमियम तिर्न सकिने ब्यवस्था गरिएको र कनेक्ट आइपीएसमार्फत पनि तिर्न मिल्ने ब्यवस्था छिट्टै मिलाइने कम्पनीले जनाएको छ । 

यससँगै विमितले पोलिसी रिन्यु वापतको रकम डिजिटल भुक्तानी गर्न सकिने भएको हो । यस्तै, लकडाउनका बेला अहिलेसम्म १ करोड ८४ लाख रुपैयाँ दाबी भुक्तानी गरिएको छ । लकडाउनका कारण कम्पनीका कार्यालयमा आएर दाबीको निवेदन दिन नसक्ने अवस्था रहेकाले इमेल मार्फत निवेदन लिएर डिजिटल भुक्तानी मार्फत रकम उपलब्ध गराएको नेशनल लाइफ इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले जानकारी दिनुभयो ।
 


प्रतिक्रिया दिनुहोस्