लगातार कोरोना संक्रमित भेटिएपछि नेपालगञ्जमा कर्फ्यूको घोषणा

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  १ : ४६


बुटवल । कोरोना संक्रमितको संख्या लगातार बढेपछि बाँकेको नेपालगन्जमा भोलिदेखि कर्फ्युको घोषणा गरिएको छ। 

सोमबार दिउँसो जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय र सर्वपक्षीय बैठकले भोलि (मंगलबार) बिहान ११ बजेदेखि वैशाख २५ गतेसम्म नेपालगञ्जमा कर्फ्युको घोषणा गरेको हो। 

संघीय सरकारले जारी राखेको लकडाउनसँगै नेपालगन्ज उपमहानगरपालिकामा वैशाख २३ गते बिहान ११ बजेदेखि २५ गते मध्यरातिसम्म पूर्ण निषेधित क्षेत्र लागु गरिने छ।

कर्फ्युको समयमा नेपालगन्जमा औषधि पसलबाहेक सबैखाले पसल, व्यवसाय खोल्न नपाइने भएको छ। 


प्रतिक्रिया दिनुहोस्