काठमाडौंमा लकडाउन खुकुलो नपार्न सुझाव

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  ११ : १५


काठमाडौं । सरकारले विभिन्न ठाँउको अवस्था हेरी लकडाउनबारे नयाँ मोडालिटी अपनाउँने भएको छ।

सोमबार सिंहदरबारमा बसेको कोरोना रोकथाम तथा न्यूनीकरण गर्न गठित उच्चस्तरीय समितिको २२ औं बैठकमा लकडाउनको मोडालिटीबारे छलफल भएको छ।

अवस्था हेरेर अन्य ठाँउमा लकडाउन खुकुलो पार्नेबारे छलफल भएपनि काठमाडौँमा तत्काल खुकुलो नगर्न केही सदस्यहरुले सुझाव दिएका छन्।

समितिको बैकठमा कम जोखिम रहेका जिल्लाहरुमा लकडाउन खुकुलो पार्नेबारे पनि छलफल भएको छ।

समिति बैठकमा होटलररेस्टुरेन्टलाई आन्तरिक रुपमा सञ्चालन गरेर तयारी अर्डर गरेर लैजाने गरी खुलाउन पनि प्रस्ताव आएको छ।

नयाँ मोडालिटीका विविध पक्षबारे छलफल भएपनि ठोक निष्कर्ष भने निस्कन सकेन। 

अब समितिले आफ्नो सिफारिस दिन फेरि मंगलबार बैठक बस्ने छ 

मंगलबारको सिफारिसपछि मन्त्रिपरिषद् बैठकले अन्तिम निर्णय गर्ने छ।

सोमबारको बैठकले गृह मन्त्रालय, अर्थ मन्त्रालय र स्वास्थ्य मन्त्रालयलाई लकडाउनको मोडालिटी कस्तो बनाउने भनेर खाका तयार गर्न निर्देशन दिएको छ।

सरकारले पछिल्लो समय बढाएको लकडाउनको समयावधी बैसाख २५ गते सकिँदे छ। भोलिको बैठकको सिफारिस सँगै सरकारले लकडाउन थप्नेबारे निर्णय गर्ने छ।


प्रतिक्रिया दिनुहोस्