काठमाडाैं । धनगढी उपमहानगरपालिका–७ देवरियास्थित जाखोरताल जङ्गलबाट कटुवा पेस्तोलसहित प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।
धनगढी–१२ का २१ वर्षीय अविनाश थापा, सोही ठाउँका २० वर्षीय नब्बु नामले चिनिने नवराज बराइली र २५ वर्षीय विनोद कुँवरलाई पेस्तोलसहित आज पक्राउ गरेको प्रहरीले जानकारी दिएकाे छ ।
प्रहरीले उनीहरुको साथबाट पेस्तोलमा प्रयोग गरिने एक थान गोलीसमेत बरामद गरेको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जानकारी दिएकाे छ ।