निद्राको औषधी खुवाएर प्रेमीलाई छोरी बलात्कार गर्न लगाउने महिला पक्राउ

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  ९ : ५८


पञ्जाब । आफ्नी १४ वर्षीया छोरीलाई स्लिपिङ ट्याब्लेट खुवाएर प्रेमीद्वारा बलात्कार गर्न लगाउने एक महिला पक्राउ परेकी छिन् । भारतको पञ्जाबको होशियारपुर जिल्लाकी एक महिला छोरीले आमाविरुद्ध प्रहरीमा दिएको उजुरी दिएपछि प्रेमीसहित पक्राउ परेकी हुन् ।

किशोरीले प्रहरीलाई उजुरी गर्ने क्रममा आमाले आफ्नो प्रेमीलाई रातीमा घर बोलाएर आफूलाई निद्राको औषधी खुवाएर बलात्कार गर्न लगाउने बताएकी थिइन् । करिब एक वर्षसम्म आफ्नो बलात्कार भएको ती बालिकाले उजुरीमा भनेकी छिन् । उनले आमाको अमरजीत सिंह भनिने मानिससँग प्रेमसम्बन्ध भएको बताएकी थिइन् ।

उनले आफ्नो बाबु कामका लागि बाहिर गएको बेला अमरजीत घर आउने वा कयौंपटक आमा नै उसलाई भेट्न बाहिर जाने बताइन् । एक/दुईपटक आमाले आफूलाई समेत लिएर अमरजीत भएको ठाउँमा लैजाने गरेको बताइन् । त्यसको विरोध गर्दा आमाले धम्कीदिएर चुप लाग्न बाध्य बनाउने गरेको पनि बताइन् ।

यसैबीच एक रात खाना नखाइकन आफ्नो बाबुलाई सबै कुरा बताइन् । त्यसपछि बाबुले गढशंकर पुलीसमा उजुरी दिएपछि बालिकाको बयान लिएर अमरजीतको विरुद्धमा उजुरी दर्ता गराएपछि शुक्रबार दुवैजनालाई पक्राउ गरेर जेलमा राखेको छ । गढशंकर थानाका इन्स्पेक्टर इकबाल सिंहले बालिकाको उजुरीका आधारमा उनीहरुलाई दुवैलाई पक्राउ गरेर जेलमा राखिएको बताए ।


प्रतिक्रिया दिनुहोस्