कोरोना संक्रमण : मुस्लिम विरोधी पोस्ट गरेकोमा दुवईले दर्जनौं भारतीयलाई जागिरबाट निकाल्यो!

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  ९ : ३३


अबुधाबी । दुवईमा फेरि ३ भारतीयलाई सामाजिक सञ्चालमा मुस्लिम विरोधी पोस्ट गरेकोमा कारवाही गरिएको छ।

केही दिन अघि युएईका लागि भारतीय राजदुतले प्रवासीलाई सामाजिक सञ्चालमा सद्भाव भडकाउने कुनै पोस्ट नगर्न कडा निर्देशन दिएका थिए।

गल्फ न्युजका अनुसार युएईमा बसोबास गर्ने आधा दर्जन भारतीयहरू सामाजिक सञ्जालमा गरेको (इस्लामफोबिया) पोस्टको कारण कारवाहीमा परेका छन्।

उक्त सूचीमा सोमबार तीन अन्य भारतीयको नाम पनि थपिएको छ।

गल्फ न्युजका अनुसार भारतीय प्रवासीहरुले आफ्ना राजदुतको चेतावनीलाई वेवास्ता गरेपछि उनीहरु सजाय भोग्न तयार भएका हुन।

पछिल्लो समय युएईमा मुस्लिम विरोधी पोस्ट गरेर कारबाही भोग्नेको संख्या बढ्दै गइरहेको छ।

कोरोना भाइरस संक्रमणलाई लिएर मुस्लिम विरोधी पोस्ट हुने गरेका छन्।

युएईकी राजकुमारीले आफ्नो देशमा बस्ने भारतीयहरूले घृणा फैलाउँने पोष्ट गरे उनीहरु विरुद्ध कडा कारबाही गरिने र देश छाड्न बाध्य पारिने चेतावनी दिएकी थिइन्।

युएईकी राजकुमारीको क्रोधित ट्वीट पछि भारतीय राजदूत पवन कपुरले भारतीयहरूलाई यस्तो व्यवहार नगर्न चेतावनी दिएका थिए। 

उनले ट्वीटमा भनेका थिए, ''भारत र युएईले कुनै पनि आधारमा भेदभाव नगरी सबैलाई समान व्यवहार गर्दछ। भेदभाव गर्नु हाम्रो नैतिक मूल्य र कानून दुबै बिरूद्ध छ। युएईमा बस्ने भारतीयहरूले यो सँधै ध्यानमा राख्नु पर्छ।''

गल्फ न्युजको रिपोर्टका अनुसार गत हप्ता तीन जना भारतीयले आपत्तिजनक पोस्ट गरेपछि प्रयोगकर्ताहरूले गुनासो गरेका थिए।

त्यस पछि उनीहरुलाई रोजगारदाताले कारबाही गरेका हुन। उनीको तलब रोकिएको छ भने जागिरबाट निष्काशन गरिएको छ।


प्रतिक्रिया दिनुहोस्