लकडाउनबारे छलफल गर्न उच्चस्तरीय समितिको बैठक बस्दै

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  ८ : ४२


काठमाडौं । लकडाउनको भावी योजना बनाउन कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक आज बस्दैछ । 

रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वको बैठक अहिले केही बेरमा सिंहदरबारमा बस्न लागेको हो। 

उक्त बैठकमा लकडाउनको समय थप लगायतका विषयमा छलफल गर्ने कार्यसूचि छ।

सरकारले कोरोना रोकथामका लागि जारी गरेको लकडाउनको समयावधी आज ४२ दिन पुगेको छ।

पछिल्लो समय थपिएको लकडाउनको समयावधी २५ वैशाखमा सकिँदैछ।

बैठकले सरकारलाई सरकारलाई लकडाउन थप गर्ने र केही खुकुलो गर्ने नयाँ मोटालिटीको बारेमा सिफारिस गर्ने बताइएको छ।

सीमा र हवाईक्षेत्र खुला नगरि देशभित्र लकडाउन खुकुलो बनाउनुपर्ने माग चौतर्फी उठ्दै आएको छ।


प्रतिक्रिया दिनुहोस्