भारतमा खुल्न थाले मदिरा पसल, भीड व्यवस्थापन गर्न समस्या!

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  ८ : २०


नयाँ दिल्ली । भारतमा धेरै स्थानहरूमा लकडाउनले गर्दा बन्द भएका रक्सीका पसलहरू अहिले खुल्दै छन्।

प्रशासनले खोल्न अनुमति दिएसँगै पसलहरूको अगाडि मानिसहरूको लामो भीड लागेको छ।

दिल्ली राज्य सरकारले बिहान साढे ९ बजे देखि साँझ साढे ६ बजेसम्म रक्सी पसल खोल्न अनुमति आदेश जारी गरेको थियो।

मदिरा पसलहरू खोलिए पछि त्यहाँका पसलहरुमा मदिरा किन्नको लागि लामो लाइन लागेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

सामािजक दूरी कायम राख्नुपर्ने नियमको उल्लंघन भएपछि कतिपय ठाँउमा प्रहरीले कारवाही समेत गरेको छ।

दिल्लीका अलाबा आन्द्रप्रदेश , छत्तिसगढ ,कर्नाटक लगायतका राज्यमा पनि मदिरा पसल खोल्न अनुमति दिइएको छ।


प्रतिक्रिया दिनुहोस्