गाई चराउन जंगलमा गएकी बालिकालाई इन्जिनियर सा’पले बलात्कार गरेपछि…

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  ८ : १७


काठमाडौं । जंगलमा गाईबस्तु चराउन गएकी एक बालिकालाई जबरजस्ती बलात्कार गरेको अभियोगमा एक युवा पक्राउ परेका छन् । दंगीशरण गाउँपालिका– ८ चखौराका २२ वर्षीय सचिन चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

तुलसीपुर उपमहानगरपालिका– २ कुइरेपानीस्थित जंगलमा शनिबार दिउँसो साढे २ बजेतिर गाई चराउन गएकी शान्तिनगर गाउँपालिका– १५ की एक स्कूले छात्रालाई चौधरीले जबरजस्ती बलात्कार गरेको उजुरी परेको थियो । सोही उजुरीका आधारमा चौधरीलाई पक्राउ गरिएको प्रहरीले बतायो । चौधरी बागरखोलामा नहर निर्माणको काम गर्न खटिएका इन्जिनियर भएको बताइएकोछ ।

फरार रहेका चौधरीलाई लुकीछिपी बसेको अवस्थामा अस्थायी प्रहरी पोष्ट बालापुरबाट खटिएको प्रहरीे टोलीले चखौरा गाउँबाट पक्राउ गरेको हो । पक्राउपछि अभियुक्त चौधरीलाई इलाका प्रहरी कार्यालय तुलसीपुरमा ल्याइएको छ । उनीमाथि जबरजस्ती करणीसम्बधी कसुरमा मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता सुमित खड्काले बताउनुभयो ।
 


प्रतिक्रिया दिनुहोस्