डा. बाबुराम भट्टराईविरुद्ध मानवअधिकार आयोगमा उजुरी दर्ता

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  ७ : ५५


काठमाडौं । सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्वआइजीपी शर्वेन्द्र खनालले डा. बाबुराम भट्टराई लगायत जनता समाजवादी पार्टीका नेताहरुविरुद्ध राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दर्ता गराउनु भएको छ । डा. भट्टराई लगायतका नेताहरुले सांसद अपहरण जस्तो गम्भीर र झुठो आरोप लगाएर आफूहरुको मानवअधिकार हनन गरेको दावी उहाँहरुको छ ।

जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराई लगायतका नेताहरुले आफूहरुलाई हुँदै नभएको आरोप लगाई मानवअधिकार हनन गरेको भन्दै उहाँहरु आयोग पुग्नुभएको हो । उहाँहरुमाथि सांसद सुरेन्द्र यादवलाई अपहरण गरी काठमाडौं ल्याएको आरोप लाग्दै आएको छ ।

यसअघि सांसद यादवलाई अपरण गरेको भन्दै जनता समाजवादी पार्टीका डा. बाबुराम भट्टराई लगायतका नेताहरुले महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिने प्रयास गर्नुभएको थियो । उक्त उजुरी प्रहरीले लिन अस्वीकार गरेपछि उहाँहरु सरकारी वकिलको कार्यालयमा पनि उजुरी दर्ता गराउनु पुग्नुभएको थियो । सरकारी वकिल कार्यालयले पनि उक्त उजुरी लिन मानेको थिएन ।
 


प्रतिक्रिया दिनुहोस्