काठमाडौँ । बलिउड अभिनेता आमिर खानले पिठोमा पैसा राखेर मजदूरलाई बाँडेको खबर यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ।
समाचारमा भारतमा एक समाजसेवीले एक किलो पिठोको प्याकेटमा १५ हजार रुपैयाँ राखेर वितरण गरेको उल्लेख गरिएको थियो। सामाजिक संजालमा समेत उक्त काम आमिर खानले गरेको भन्दै आमिरको प्रशंसा भइरहेको छ।
तर, नायक आमिर खानले यो बिषयमा स्पष्टिकरण दिएका छन्। उनले ट्वीट गर्दै भनेका छन्, 'म त्यो मानिस होइन, जसले पिठोको प्याकेटमा पैसा राखेर बाँडेको थियो । यो कि त पूर्ण रुपमा झुट खबर हो, कि रविन हुड आफूलाई सार्वजनिक गर्न चाहँदैन । धेरै धेरै माया छ।'
Guys, I am not the person putting money in wheat bags. Its either a fake story completely, or Robin Hood doesn't want to reveal himself!
Stay safe.
Love.
a.— Aamir Khan (@aamir_khan) May 4, 2020