विदेशबाट रामेछाप आएका १ सय ८६ जनाको कोरोना रिर्पोट आयो

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  ६ : १३


मन्थली । रामेछाप जिल्लामा देश बाहिरबाट आएका सबैको कोरोना परीक्षण रिपोर्ट आएको छ। 

जिल्ला स्वास्थ्य कार्यालय रामेछापका अनुसार हालसम्म रामेछापमा १ सय ८६ जनाको र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) बिधिबाट कोरोनाको परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ। 

कर्णका अनुसार मन्थली नगरपालिकामा २४ जना र रामेछाप नगरपालिकामा २६ जनाको आरडीटी विधिबाट परीक्षण गरिएको थियो। यसैगरी गोकुलगंगा गाउँपालिकामा ४१ जना, खाँडादेवी गाउँपालिकामा ४०, सुनापति गाउँपालिकामा २१, दोरम्बा गाउँपालिकामा १५, उमाकुण्ड गाउँपालिकामा ११, लिखुतामाकोसी गाउँपालिकामा ६ र जिल्ला अस्पतालमा २ जनाको आरडीटी प्रविधिबाट परीक्षण गरिएको थियो।

४ जना शंकास्पद विरामीको स्वाब परीक्षण गर्न काठमाडौँ पठाइएकोमा उनीहरुको रिपोर्ट पनि नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस्