एजेन्सी । समुद्र शास्त्रले मानिसको अंग, चालचलन, बोली तथा कुनै चिन्हका आधारमा मानिसको वर्णन गर्ने गर्दछ। कस्तो अंगले वा कस्तो बोल्ने मानिसको व्यक्तित्व कस्तो भन्ने बारेमा जानकारी दिने गर्दछ। समुद्र शास्त्रले मानिसको हाँसो अनुार को व्यक्ति कस्तो भन्ने कुराका बारेमा धेरै कुरा थाहा पाउन सकिन्छ। आज हामी तपाईलाई मानिसको हाँसो अनुसार व्यक्तिको स्वभावका बारेमा जानकारी दिदैछौँ ।
१) खित्का छोडेर हाँस्ने व्यक्ति सहनशील, उदार, सबैको राम्रो सोस्ने, विचारवान तथा पढाई लेखाईमा अगाडि हुने गर्दछन्। यस्ता व्यक्लिे कसैको नराम्रो सोच्दैन् र राम्रो प्रेमी हुने गर्दछन्।
२) जोरले हाँस्ने वा उच्च स्वरले हाँस्ने व्यक्ति स्वाभिमानी, विश्वासी, पुरुषार्थ प्रेमी एवम् सफल व्यक्तित्व मानिन्छन्। तर यसरी हास्ने व्यक्तिको अनुहार व्यंग्यपूर्ण हुन्छ भने त्यस्ता व्यक्ति अंहकारी हुने गर्दछन्।
३) घोडा जसरी खित्का छोडेर हाँस्ने व्यक्ति धूर्त, अहंकारी, कपटी तथा निकम्मे हुने गर्दछन्।
४) रोकिएर हाँस्ने व्यक्ति एकै विषयमा धेरै पटक कुरा गर्ने मानसिक शक्ति कमजोर हुने गर्दछन्। प्राय यस्ता व्यक्ति वुद्धिहीन, अविवेकी प्रवृत्तिका तथा मूर्ख हुने गर्दछन्।
५) जुन व्यक्तिको मुस्कान शान्त हुने गर्दछ, त्यस्ता व्यक्ति मनको प्रसन्नता व्यक्त गर्ने, गम्भिर, धैर्यवान, शान्तिप्रिय, विश्वासी, ज्ञानी एवम् स्थिर प्रवृत्तिका हुने गर्दछन्।